बिर्तामोड । जंगली हात्तीबाट सुरक्षा अपनाउन लगाइएको फेन्सिङ तार बिर्तामोड–७ मा एक जनाले मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रघरेका ४९ वर्षीय खेम श्रेष्ठ रहेको वडाध्य अविरल कृष्ण खरेलले जानकारी दिए ।

शौचालय जानेक्रममा घर नजिकै लगाइएको फेन्सिङ तारमा करेन्ट लागेर श्रेष्ठ गएराती मृत्यु भएको हो । करेन्ट लागेपछि उपचारका बिर्तासिटी हस्पिटल ल्याइएको थियो । उनको राति साढे ११ बजे अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोड ७ पछिल्लो समय जंगली हात्तीबाट प्रभावित छ ।







प्रतिक्रिया