Banner news

बिर्तामोडमा जंगली हात्तीले दुई घर भत्कायो, खाद्यन्न नष्ट

बिर्तामोडमा जंगली हात्तीले दुई घर भत्कायो, खाद्यन्न नष्ट


बिर्तामोड । झापाको बिर्तामोड –७ मा आज राती जंगली हात्तीले दुई वटा घर भत्काएको छ । शुक्रवार राती जंगली हात्तीको समूहले रेखा चोकस्थित लुकु मर्डी र फुलमुनी हास्ताको घर भत्काएको हो ।

बिर्तामाड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलका अनुसार दुवै घरमा क्षति पुराएको छ । घरका टाटीबेराहरु पूर्ण रुपमा क्षति पुराएको खरेलले जानकारी दिए । खरेलले घर भत्काएको हात्तीले टिभी, दराजसहित अन्य सामग्रीहरुमा समेत क्षति पुराएको बताए । चामलका बोरा समेत हात्तीले लिएर गएको पीडित परिवारले जनाएको छ ।

दैनिक मजदुरी गरेर जिविका चलाउने परिवारको चामल समेत लिएर गएपछि खानपानमा समस्या भएको छ । वडाध्यक्ष खरेल र स्थानीय अगुवा एलपी सिटौला लगायतले तत्कालका लागि चामल खरिद गर्न आर्थिक सहयोग गरेका छन् । मजदुरी गरेर जिविका चलाउदै आएको परिवारलाई खाद्यन्न सहित घरमा बस्न समेत समस्या भएको छ । विर्तामोड ७ का नागरिक हरेक दिन जंगली हात्तीको जोखिममा बाचिरहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares