Banner news

लागुऔषध नियन्त्रण मुख्य प्राथमिकतामा राख्ने बिर्तामोडका नयाँ डिएसपीको प्रतिवद्धता

लागुऔषध नियन्त्रण मुख्य प्राथमिकतामा राख्ने बिर्तामोडका नयाँ डिएसपीको प्रतिवद्धता


बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले लागुऔषध नियन्त्रणलाई मुख्य प्राथमिकतमा राख्ने बताएका छन् । आज बिर्तामोडस्थित इप्रकामा पत्रकार भेटघाट गर्दै उनले सबै जसो अपराधिक घटनामा लागुऔषधको सम्बन्ध हुने गरेको बताए ।

गत शुक्रवारबाट बिर्तामोड इप्रकामा प्रमुखको जिम्मेवारी सम्हाल्न आएका कार्कीले लागुऔषधको कारोबारलाई नियन्त्रण गर्दै चोरीजन्य घटना न्यूनिकरणमा प्रभावकारी अभियान सञ्चालन गर्ने जानकारी दिए । नयाँ डिएसपी कार्कीले बिर्तामोड क्षेत्र लागुऔषध कारोवार र प्रयोगकर्ताको केन्द्र विन्दु बन्दै गएकोले नियन्त्रणमा सबैको सहयोग लिएर काम गर्ने बताए ।

बिर्तामोड लागुऔषधको ट्रान्जिट भएको बुझेको छु, डिएसपी कार्कीले भने – इप्रकाभित्र कुल मुद्धाको ४० प्रतिशत भन्दा धेरै मुद्धाहरु लागुऔषधसँग सम्बन्धित छ ।

उनले यस क्षेत्रको शान्ति सुरक्षाका लागि बिर्तामोडबासीको साथ सहयोग लिने प्रतिवद्धता जनाएका छन् । डिएसपी कार्कीले प्रहरी कार्यालयबाट प्रदान गरिने सेवा सुविधामा सहजै उपलब्ध गराउने समेत बताए । सुर्खेतबाट सरुवा भई आएका डिएसपी कार्कीले अपराध नियन्त्रणका लागि सबैको सहकार्य अनिवार्य भएको बताएका छन् ।

शेयर गर्नुहोस :

0
Shares