बिर्तामोड

पौरखी टोल रोड नं. २ को अनुगमन

पौरखी टोल रोड नं. २ को अनुगमन


बिर्तामोड । बिर्तामोड नगरपालिका–४ स्थित पौरखी टोल रोड नं. २ सडकको अनुगमन गरिएको छ । नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले सडकको अनुगमन गर्नु भएको हो ।

सो सडकमा पेवर्स लगाइएको छ । नगरपालिकाको योजनाबाट १३ लाख र उपभोक्ता मार्फत संकलन गरिएको २ लाख ६० हजार गरि कुल १५ लाख ६० हजार रुपैयाँको योजना अनुसार सडकमा पेवर्स लगाइएको हो । यस रकमबाट जम्मा २ सय २७ मिटर सडकमा पेवर्स लगाइएको र अझै ८५ मिटर सडकमा लगाउन बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष कमल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

पेवर्स लगाएपछि यहाँका स्थानीयलाई आवत जावतमा सहज भएको छ । उपभोक्ता समिति मार्फत सडकमा पेर्वस ओछ्याउनका लागि बस्नेतको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares