मुख्य समाचार

अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ ।

बालकोटस्थित अध्यक्ष ओली निवास पुग्नुभएका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ । करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिनुभएको बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares