मुख्य समाचार

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशन


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।

मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको हो ।

आयोगको कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते मतदान हुनेछ ।

शेयर गर्नुहोस :

0
Shares