मुख्य समाचार

राष्ट्रपति निर्वाचन : देउवाले ओलीलाई पत्र पठाएर मागे मत

राष्ट्रपति निर्वाचन : देउवाले ओलीलाई पत्र पठाएर मागे मत


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेलका लागि भोट मागेका छन् ।

देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् ।

एमालेका अध्यक्ष ओलीले भने कांग्रेस बाहेकका दल र स्वतन्त्र उम्मेदवारहरूलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङका लागि भोट मागेका थिए ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङ उम्मेदवार छन् ।

शेयर गर्नुहोस :

0
Shares