Banner news

राष्ट्रपति निर्वाचनमा राप्रपाभि मतदान नगर्ने

राष्ट्रपति निर्वाचनमा राप्रपाभि मतदान नगर्ने

sf7df8f}F, @$ kmfu’gM /fk|kf sfo{;Dkfbg ;ldlt a}7ssf ;xefuL /fli6«o k|hftGq kf6L{ – /fk|kf _ sf] s]G›Lo sfof{no w’Daf/fxLdf a’waf/ a;]sf] kf6L{sf] s]G›Lo sfo{;Dkfbg ;ldltsf] a}7sdf ;xefuLx? . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको हो ।

भोलि हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क थियो ।

शेयर गर्नुहोस :

0
Shares