मुख्य समाचार

राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान

राष्ट्रपतिका उम्मेदवार नेम्वाङद्वारा मतदान

/fi6«klt kbsf pDd]bjf/ g]Dafª dtbfg ug{‘x’Fb} sf7df8f}F, @% kmfu’g M /fi6«klt kbsf pDd]bjf/ ;’jf;rGb| g]Dafª laxLaf/ ljxfg ;ª3Lo ;+;b ejg kl/;/df /fi6«kltsf] lgjf{rgsf nflu dtbfg ug{‘x’Fb} . tl:a/ /Tg >]i7÷/f;;

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको मतदान केन्द्रमा उहाँले केहीबेर अघि मतदान गर्नुभएको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू राष्ट्रपतिमा निर्वाचित भएमा जनताको अभिभावकको रुपमा काम गर्ने बताउनुभयो । उहाँले निर्वाचित भएमा जनतालाई सास्ती दिने गतिविधि नगर्नेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रपतिमा निर्वाचित भएपछि मैले सवारीको नाममा जनतालाई सास्ती दिने छैन । सडकमा सवारी जाम तथा हवाई यात्राका क्रममा आकाशमा हवाई उडान प्रभावित हुने काम मेरो कार्यकालमा हुने छैन । जनतालाई सास्ती हैन, अभिभावकको महसुस गराउनेछु ।”

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ । राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसक्नुभएको छ । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका पौडेल र नेकपा (एमाले) का नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

शेयर गर्नुहोस :

0
Shares