Banner news

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

dtbfgkZrft pDd]bjf/qo sf7df8f}F, # r}t M ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z’qmaf/ pk/fi6«klt kbsf pDd]baf/qo qmdzM /fd;xfok|;fb ofbj, ci6nIdL zfSo / ddtf emf dtbfgkZrft clejfbg ub}{ Ps};fydf . tl:a/ M rGb|snf If]qL÷/f;;

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मतदान सम्पन्न भएको छ । संघीय तथा प्रदेशसभाका सांसद गरी कुल ८२९ मत खसेको छ । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका ३११ र प्रदेशसभातर्फ ५१८ सांसदले मतदान गरेका छन् ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको मतदानमा संघीय संसदतर्फका ३ सय ३२ र प्रदेशसभामाका ५५० सांसद मतदाता रहेका थिए ।

राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद मतदानमा सहभागी भएनन् । त्यसैगरी राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहे ।

सघीय संसद्‍ भवनको ल्होत्से हलमा शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ सम्मका लागि मतदानको समय तोकिएको थियो । शुक्रबार साँझ नै मतगणना सम्पन्न गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares