बिर्तामोड । झापामा आइतबार भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाका १० वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको हो ।

झापाको मेची बहुमुखी क्याम्पस भद्रपुर, गौरादह कृषि, सितारमेश क्याम्पस बुधबारे, गौरीगञ्ज बहुमुखी क्याम्पस, दमक बहुमुखी क्याम्पस, कनकाई बहुमुखी सुरुङ्गा, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, त्रिदेव बहुमुखी क्याम्पस चारआली, कनकाई आदर्श क्याम्पस बिर्तामोड र शनिश्चरे बहुमुखी क्याम्पस शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको हो । गौरादह बहुमुखी क्याम्पस र काँकरभिट्टा क्याम्पसमा निर्वाचन स्थगित भएको छ । काँकरभिट्टा क्याम्पसमा चैत १० गते निर्वाचन गर्ने सहमति भएको छ भने गौरादह क्याम्पमा सर्वसम्म गर्ने आन्तरिक सहमति भएको बुझिएको छ ।
मेची बहुमुखी क्याम्पस भद्रपुरमा ३११४ मतदातामध्ये २०९४ जनाले मतदान गरेका छन् । सितारमेश क्याम्पस बुधबारेमा ४७८ मतदातामा ३८८ जनाले मतदान गरेका छन् । गौरीगञ्ज बहुमुखी क्याम्पसमा २०० मतदातामध्ये १८६ जनाले मतदान गरेका छन् भने दमक बहुमुखी क्याम्पसमा ३३०८ मतदातामध्ये २०५२ जनाले मतदान गरे । कनकाई बहुमुखी सुरुङ्गामा १३७१ मतदातामा ८३२ जनो मतदान गरेका थिए । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा १५०८ मतदातामध्ये ८९२ जनाले मतदान गरेका छन् । त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा १००४ जना मतदातामध्ये ६५४ मत खसेको छ भने कनकाई आदर्श क्याम्पस बिर्तामोडमा १८६१ मतदातामा ९६९ मत खसेको थियो । शनिश्चरे बहुमुखी क्याम्पसमा ५८७ मध्ये ४३३ जनाले मतदान गरेका छन् । गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी भइसकेको छ । समाचार तयार गर्दासम्म अन्य क्याम्पसहरुमा मतगणनाको तयारी गरिएको थियो भने केहि क्याम्पसहरुमा गणना सुरु गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम आइतवार साँझदेखि नै आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो ।
बिहान ८ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । ३ सय भन्दा कम मतदाता भएका कलेजको भने परिणाम पनि आइसकेको छ । आइतबार साँझ साढे ६ बजेसम्म प्राप्त मतपरिणाम अनुसार २० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ ।
त्यस्तै माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ७ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले ३ र नेकपा एसनिकट अनेरास्ववियूले३ क्याम्पसमा सभापति जितेका छन् । त्यस्तै विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ ।







प्रतिक्रिया