Banner news

मेची क्याम्पसमा अनेरास्ववियु जित नजिक

मेची क्याम्पसमा अनेरास्ववियु जित नजिक


बिर्तामोड । झापाको मेची बहुमुखी क्याम्पस भद्रपुरमा अनेरास्ववियु जितको नजिक रहेको छ । सभापति पदका उम्मेद्वार सन्देश धमला ८३३ मतसहित अगाडि रहेका छन् । नेविसंघको तर्फबाट सभापतिका उम्मेदवार किशोर ढुङगानाले ७०९ मत प्राप्त गरेका छन् ।

१८ सय मत गणना हुँदा सभापतिका अर्का उम्मेदवार विशाल गिरीले २३३ प्राप्त गरेका छन् । मेचीमा २०९५ मत खसेको थियो । अब २९४ मत गन्न बाँकी रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares