Banner news

कोशीमा सहमतिबाट नेतृत्व चयन गर्न अध्यक्ष ओलीको निर्देशन

कोशीमा सहमतिबाट नेतृत्व चयन गर्न अध्यक्ष ओलीको निर्देशन


विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कोशी प्रदेशको नेतृत्व सकेसम्म सहमति तथा समझदारीका आधारमा चयन गर्न निर्देशन दिएका छन् ।

शुक्रबार विराटनगरमा नेकपा एमाले प्रथम कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिएका हुन् ।

समृद्ध नेपाल निर्माण गर्ने बाटोमा हिडिँरहेको एमालेविरुद्ध विभिन्न तरिकाले घेराबन्दी गर्ने कार्य भइरहेको भन्दै उनले अहिलेको आवश्वयकता एकता भएको बताए ।

एमाले मिसन २०८४ अभियानलाई अर्थपूर्ण वर्षका रूपमा मनाउने कार्यमा जुटेको बताउँदै उनले अरूले फैलाएको भ्रमका पछि नपर्न र के गर्नुपर्छ भन्ने कुरामा स्पष्ट हुन कार्यकर्तालाई निर्देशन समेत दिए ।

अहिले एमालेविरुद्ध मिडियाहरु योजनाबद्ध ढंगले लागेको आरोप लगाएका छन् । उनले भने, ‘हामीलाई अहिले कसै गर्दा पनि धर छैन्, चुनाव भए एमालेमा केपी ओलीको कुरा सुन्न छाडे भनेर समाचारहरु आउँछ । चुनाव भएन भने एमालेमा निरंकुस भयो भन्छन् ।’

उनले नेतृत्वको मूल्याकंन के छ त्यसको इसारा बुझेर नेतृत्व छान्न कार्यकर्तालाई सुझाव दिए । समहति नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न ओलीको सुझाव छ ।

शेयर गर्नुहोस :

0
Shares