मुख्य समाचार

हिमाल कार्की पनि केदारको पक्षमा खुले, शेखर पक्षका सांसद संख्या ९ पुग्यो

हिमाल कार्की पनि केदारको पक्षमा खुले, शेखर पक्षका सांसद संख्या ९ पुग्यो


विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएका हिमाल कार्की डा.शेखर कोइरालाको पक्षमा खुलेका छन् ।

उपनेताबाट राजीनामा दिएलगत्तै उनले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्दै प्रदेश प्रमुख समक्ष पुगेका छन् ।

हिमालले साथ दिएपछि केदारको पक्षमा कांग्रेसका ९ सांसद भएका छन् । उनलाई एमालेका ३९ जना सांसदको समर्थन छ ।

 

शेयर गर्नुहोस :

0
Shares