विराटनगर । बहुमत नपुग्ने निश्चित भएपछि मुख्यमन्त्रीको दाबी पेश गरेका सत्ता गठबन्धन सनाखत मै नजाने भएको छ । मुख्यमन्त्रीको दाबी पेस गरेका केदार कार्कीको पक्षमा ४७ सदस्यले हस्ताक्षर गरेपछि सत्ता गठबन्धन सनाखत मै नजाने भएको हो ।
संविधानको धारा १६८(५) अन्तर्गत सरकार गठनको आवहन भएपछी सत्ता गठबन्धनका तर्फबाट इन्द्र आङ्वो र काङ्ग्रेसबाट बिद्रोह गरेका केदार कार्कीले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए । कार्कीलाई एमालेका ३९ प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन् । दुवैले दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुबै पक्षलाई सनाखतको समय दिएका थिए ।







प्रतिक्रिया