विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धनको निर्णय विपरीत कोशी प्रदेशमा एमालेसँग मिलेर मुख्यमन्त्री बनेका कांग्रेसका केदार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
नेकपा एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा शनिवार मुख्यमन्त्री बनेका कार्कीले बुधवार विश्वासको मत लिँदै छन् ।
गठबन्धनका शीर्ष नेताहरूले कोशीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेपछि कार्कीसहित कांग्रेसका ८ सांसदले विद्रोह गरेका थिए ।
राप्रपाका सांसद अम्बरबहादुर विष्टले कार्कीको पक्षमा बहुमत भएको र आफूहरूको मत आवश्यक नभएका कारण विश्वासको मत नदिने बताए ।
विष्टका अनुसार राप्रपा अब प्रदेशमा प्रमुख प्रतिपक्ष भएर बस्नेछ । किनकि प्रदेशसभामा भएका अन्य दलहरूले भने कार्कीलाई विश्वासको मत दिने तयारी गरेका छन् ।







प्रतिक्रिया