Banner news

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिनुहुने भएको छ ।

कार्की नेकपा एमालेका ३९ सांसद र नेपाली कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

आज बस्ने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत पाउने निश्चित जस्तै छ । उहाँलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने भएका छन् ।

शेयर गर्नुहोस :

0
Shares