बैशाख १३, २०८२ शनिबार

राष्ट्रियसभाका लागि कोशीमा एमालेबाट ७ जना सिफारिस

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशबाट सात जनाको नाम सिफारिस गरेको छ । एमाले कोशी प्रदेश कमिटीको पदाधिकारी बैठकले ४ पुरुष र ३ महिला गरी सात जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाका अनुसार पुरुषतर्फ भोजपुरका परशुराम अधिकारी, झापाका उमानाथ ओली, खोटाङका कर्ण घले र झापाका हरिशचरण बानिँयाको नाम उमेद्वारको रुपमा सिफारिस भएको छ ।

यस्तै महिलातर्फ रुकमिणी कोइराला, मेचिमाया धिमाल र रोशनी मेचेको नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभाको निर्वाचनमा कोशीमा दुई सिटका लागि चुनाव हुँदै छ ।

प्रकाशित मिति : पुष २०, २०८० शुक्रबार  १ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]