Banner news

माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता

माओवादी केन्द्रको विधान सम्मेलन फागुनको पहिलो साता

k|wfgdGqL …k|r08Ú sf7df8f}F, ^ df3 M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú n] cfˆgf] d[To’kZrft cfˆgf] z/L/sf ;Dk”0f{ c+u bfg ug]{ 3f]if0ff ug{‘x’Fb} . z’qmaf/ laxfg k|1f ejg sdnfbLdf ;lxb wd{eQm /fli6«o k|Tof/f]k0f s]G›n] ! xhf/ j6f lduf}{nf k|Tof/f]k0f ;DkGg u/]sf] pknIodf cfof]lht ljz]if sfo{qmdnfO{ ;Daf]wg ub}{ k|wfgdGqLn] pQm 3f]if0ff u/]sf x’g . k|wfgdGqLn] eGg’eof]]— ……d]/f] d[To’kZrft ;Dk”0f{ z/L/ bfg ug]{ 3f]if0ff ub{5’ .Æ tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ, २८ पुस – नेकपा (माओवादी केन्द्र) ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिनुभयो । बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो । बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्नुभएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । स्थायी समितिमा दशवटै प्रदेश इन्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुत दिनुभएको थियो । माओवादीले पार्टी रुपान्तरणका लागि गत भदौदेखि चारमहिने अभियान सञ्चालन गरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares