मुख्य समाचार

एमाले रौतहट अधिवेसन आजदेखी, ओलीले उदघाटन गर्ने

एमाले रौतहट अधिवेसन आजदेखी, ओलीले उदघाटन गर्ने


रौतहट २५ माघ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली बिहीबार रौतहट आउने भएका छन् । नेकपा एमालेको १० औ  जिल्ला अधिवेशन उदघाटन गर्न प्रमुख अतिथि बनेर अध्यक्ष ओली रौतहट आउन लागेका हुन् ।

एमालेको १० औ जिल्ला अधिवेशन माघ २५ र २६ गते गरुडामा हुँदै छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको तथा भोलिदेखि हुने जिल्ला अधिवेशनको उदघाटन गर्न अध्यक्ष केपी शर्मा ओली आउने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धब रेग्मीले जानकारी दिएका छन् ।

दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन ।

शेयर गर्नुहोस :

0
Shares