बिर्तामोड । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले दुई जना झापाली व्यवसायीलाई सम्मान गरेको छ ।
महासंघको बिहीबार बिर्तामोड स्थित कार्यालयमा आयोजित सभालेले विद्यार्थी बुक्स एण्ड स्टेसरीका सञ्चालक रविन बराल र प्रगति प्रगति बुक्स एण्ड स्टेसरीका सञ्चालिका गोमा भट्टराईलाई दोसल्ला, फुलमाला र अबिरले सम्मान गरेको हो । सम्मानित दुवै बिर्तामोडका सफल व्यवसायी हुन् ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको हालै सम्पन्न सातौं केन्द्रीय महाधिवेशनबाट झापा बिर्तामोडका रविन बराल सहकोषाध्यक्ष पदमा भारी मतान्तरका साथ विजयी भएका थिए । यस्तै बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा गोमा भट्टराई जनसम्पर्क उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।

निर्वाचित दुवै जनालाई बधाई तथा शुभकामना दिने उद्देश्यले आयोजना गरेको सभामा उनीहरूलाई सम्मान गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले जनाएको छ ।
महासंघ झापाका अध्यक्ष बिनोद सापकोटा, सल्लाहकार समितिका संयोजक फडिन्द्रराज न्यौपाने, वरिष्ठ उपाध्यक्ष सुमन खनाल, उपाध्यक्ष खगेन्द्र गौतम, सचिव चन्द्रमणि घिमिरे, सहसचिव निर्मला यादव, कोषाध्यक्ष दीपक खतिवडा, प्रदेश सदस्य सुरेन्द्र दाहाल, झापा जिल्ला सल्लाहकार समितिका सदस्य राजकुमार दाहाल लगायतले दुवैजना व्यवसायीलाई दोसल्ला, माला र अविर लगाइदिएर सम्मान गरेका थिए ।
सभाका वक्ता फडिन्द्र राज न्यौपानेले विजयी दुवै जनाले आफ्नो ठाउँबाट पुस्तक तथा स्टेसनरी व्यवसायी का पक्षमा खुलेर काम गर्न सुझाए । यस्तै, सम्मानित दुवै व्यवसायीले झापाली पुस्तक तथा स्टेसनरी व्यवसायीको मेहनत, प्रतिबद्धता र सहानुभूतिले आफूहरूले निर्वाचनमा विजय प्राप्त गरेको बताए । आफ्नो कार्यकालमा व्यवसायीलाई सक्षम, पारदर्शिता, इमान्दारिता र संगठनप्रति जिम्मेवारी बोध गराउने अभियानमा लागिपर्ने सम्मानित दुवै जनाले बताए ।
सभामा निजी पुस्तकका प्रकाशक, अधिकृत विक्रेता र बजार प्रतिनिधिले विद्यालय हातामा शैक्षिक सामग्रीहरू उपलब्ध गराएको घटनाप्रति महासंघले गम्भीर चासो व्यक्त गरेको छ ।
कानुनमै उल्लेख भएको विद्यालय हातामा पाठ्य सामग्री, शैक्षिक सामग्री उपलब्ध नगराउने यसअघिको निर्णयलाई पुस्तक तथा स्टेसनरी विक्रेताले अटेर गरेको महासंघले ठहर गरेको छ । खुद्रा व्यवसायीको अहित हुने घटनाले महासंघ दुखि भएको झापा अध्यक्ष बिनोद सापकोटाले बताए ।
पाठ्यपुस्तक, शैक्षिक सामग्री विद्यालय हाताबाटै बिक्री वितरण हुनेगरी गैर व्यवसायीलाई प्रदान नगर्न नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले पुस्तक तथा स्टेसरीका अधिकृत विक्रेतालाई अनुरोध गरेको छ ।
यस्तै कापी उद्योगले पनि गैरकानुनी ढङ्गबाट विद्यालय परिसरमा बिक्री वितरण हुनेगरी कापीको अवैध बिक्री नगर्न नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ झापाले कापी उद्योगलाई आग्रह गरेको छ ।







प्रतिक्रिया