बिर्तामोड । नेवाः संस्था नेवाः पासा मुना पुच बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सम्मान गरेको छ ।
नेवाः पासा मुना पुच बिर्तामोडको सोमवार सम्पन्न ३० औ साधारण सभामा झापा जिल्लामा कृयाशिल दुई जना नेवा समुदायका पत्रकारलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा एपी वन टेलिभिजनका बिष्णुकुल श्रेष्ठ र जनआन्दोलन डटकमका कार्यरत जोस्ना श्रेष्ठ रहेकी छन् ।

नेवा भाषा र संस्कृति संरक्षणमा संचारको क्षेत्रबाट भूमिका निर्वाह गरेको भन्दै संचार क्षेत्रमा अझ सशक्तता बृद्धिको कामना सहित पत्रकार श्रेष्ठद्वयलाई प्रशंसा पत्रले सम्मानित गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।
कार्यक्रमका प्रमुख अतिथि भाषाविद् गणेश बज्रचार्यबाट सम्मानितद्वयलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको सदस्य पदमा निर्वाचित माया प्रधान र बिर्तामोड उधोग बाणिज्य संघको सदस्य पदमा निर्वाचित संस्थाका अध्यक्ष दिनेश श्रेष्ठलाई पनि प्रमुख अतिथि बज्रचार्यबाट प्रशंसापत्र प्रदान गरिएको थियो । साथै संस्थाको तर्फबाट बिर्तामोड उधोग बाणिज्य संघको नवनिर्वाचित टिमलाई बधाई तथा शुभकामना दिईएको छ ।
कार्यक्रममा संस्थाको सांगठानिक, बार्षिक प्रतिवेदन अध्यक्ष श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शर्मिला शाक्यले प्रस्तुत गरेकी थिइन् ।
संस्थाका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष राजिव श्रेष्ठले स्वागत र औचित्यमाथि प्रकाश संयोजक तारामणि श्रेष्ठले पारेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य संस्थापक सचिव, पूर्व अध्यक्ष तथा सलाहकार कृष्ण उदास, नेवाः देय दवु धरान उपमहानगरपालिका समितिका अध्यक्ष मनोहर रत्न शाक्य, नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समितिका अध्यक्ष राजकुमार राजवंशी, उधोग बाणिज्य संघ बिर्तामोडका अध्यक्ष राजु न्यौपाने लगायतले राखेका थिए । संस्थाको सचिव मिलन शाक्यले संचालन गरेको कार्यक्रममा नेवाः पासा मुना पुचका संस्थापक सदस्यहरू, सल्लाहकार लगायत पुचका सदस्यहरूको उल्लेखय उपस्थिति रहेको थियो ।







प्रतिक्रिया