बिर्तामोड

सरकारी सवारी चालकलाई ट्राफिक तथा कानुनी सचेतना

सरकारी सवारी चालकलाई ट्राफिक तथा कानुनी सचेतना


बिर्तामोड । झापाका सरकारी सवारी चालकहरुलाई ट्राफिक तथा कानुनी प्रशिक्षण प्रदान गरिएको छ । बुधबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच चालकहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

सरकारी सवारी चालक एशोसिएशन नेपाल झापाको आयोजनामा सरकारी सवारी चालकहरुलाई एक दिवसीय प्रशिक्षण प्रदान गरिएको महासचिव खेमराज नेपालले जानकारी दिए । उनले सरकारी सवारी चालकहरु जिम्मेवार व्यक्तिहरुको सवारी चलाउने भएका हुँदा ट्राफिक र कानुनी ज्ञानको आवश्यकता महससु गरेर कार्यक्रम सञ्चालन गरिएको बताए ।

महासचिव नेपालका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा प्रहरी सहायक निरीक्षक पूर्ण गौतम र सरकारी वकिल कार्यालय झापाका सहायक जिल्ला न्यायधीवक्ता लवनाथ घिमिरेले सहजीकरण गरेका थिए । गौतमले ट्राफिक नियम सम्बन्धी र घिमिरेले कानुनी सचेतना प्रदान गरेको महासचिव नेपालले जानकारी दिए ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख नगेन्द्र संग्रौलाको विशिष्ट आतिथ्यता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares