काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।
असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् ।
आज विश्वासको मतको मत विभाजनको बैठकमा २५८ उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे । विपक्षमा १९४ मत प्राप्त भयो भने दिन्न भन्नेमा एक मत प¥यो ।
कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिएका हुन् । प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् ।
२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए ।







प्रतिक्रिया