Banner news

एनपिएलको बहुप्रतीक्षित फाइनल फाइनल आज

एनपिएलको बहुप्रतीक्षित फाइनल फाइनल आज

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। जहाँ उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो साढे १२ बजेदेखि सुरू हुने हुनेछ।

सुदूरपश्चिम र जनकपुर प्रतियोगितामा तेस्रोपटक भिड्न लागेका हुन्। यसअघि लिग चरणमा भएको भेटमा सुदूरपश्चिमले जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो। क्‍वालिफायर १ मा पनि जनकपुरमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम सोझै फाइनलमा पुगेको हो।

यता, जनकपुरले भने सुदूरपश्चिमसँग तेस्रो भेट पक्का गर्न घुमाउरो बाटो तय गर्नुपर्‍यो। बिहीबार भएको क्वालिफायर २ मा जनकपुरले कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको थियो।

फाइनल खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई दुईपटक हराए भए पनि हल्का रूपमा नलिने बताए। ‘जनकपुरको टिम पनि राम्रो छ, खेल प्रतिस्पर्धात्मक नै हुन्छ। हामी जुन योजनामा खेलिरहेका छौं त्यसैगरी फाइनलको लागि पनि तयारी गरिरहेका छौं’ उनले भने भने।

जनकपुरका कप्तान आसिफले शेखले पछिल्ला दुई खेलमा बेहोरेको हारलाई सम्झनुभन्दा पनि आफूहरूले राम्रो क्रिकेट खेल्ने बताए। ‘पछिल्ला हारको बदला लिनेभन्दा पनि आफूले उत्कृष्ट प्रदर्शन गर्ने हो। नतिजा जे भए पनि मैदानबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि, आफूसँग जे जति थियो सबैलाई दियौं,’ उनले भनेका छन्।

शेयर गर्नुहोस :

0
Shares