खेल

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान काठमाडौँ, ७ पुसः प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबार आयोजित कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान प्रदान गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाईसहित सम्मान गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटस्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट संघका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएका हुन्।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गरे।

शेयर गर्नुहोस :

0
Shares