मुख्य समाचार

मानव अधिकार आयोग जाँदै रास्वपा

मानव अधिकार आयोग जाँदै रास्वपा


काठमाडौं, २५ चैत । पार्टी सभापति रवि लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मानव अधिकार आयोग जाने भएको छ ।

पक्राउका क्रममा सामान्य प्रक्रिया पनि पालना नगरिएको भन्दै रास्वपा आयोग जाने भएको हो । सभापतिले गिरफ्तारी दिन्छु भनेर सार्वजनिक रूपमै भनेको स्थितिमा पनि बेडरूममै आएर धरपकड गरिएको रास्वपाले जनाएको छ ।

सुप्रिम सहकारी ठगी आरोपमा लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो।

शेयर गर्नुहोस :

297
Shares