साबित्रा दाहाल
कनकाई । अखिल नेपाल महिला संघ कनकाई नगर कमिटीको चौथो नगर सम्मेलनबाट अध्यक्षमा कमला अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।
नगर कमिटीको उपाध्यक्षमा अम्बिका खरेल, सचिवमा गोमा अधिकारी खवास, सहसचिवमा जानुका पाँचकोटी र कोषाध्यक्षमा सुमित्रा न्यौपाने खतिवडा चयन हुनु भएको छ । शनिवार सम्पन्न चौथो नगर अधिवेशनले २९ सदस्यीय कमिटी बनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य अम्बिका खवास , विशिष्ट अतिथि निर्वाचन क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बु, नेकपा एमाले झापा जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी, अनेमसंघ प्रदेश कमिटी सचिव हेमकला कट्टेल, प्रदेश कमिटी सदस्य विन्दा थापा, अनेमसंघ जिल्ला कमिटी अध्यक्ष लीला दाहाल, पूर्व अध्यक्ष पबित्रा पाठक, नेकपा एमाले कनकाई नगर कमिटीका अध्यक्ष गोकर्ण ओझा, नगर प्रमुख राजेन्द्र कुमार पोखरेल लगायत जिल्ला र नगरका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
नगर अध्यक्ष अनिता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष कमला अधिकारी र सचिव निर्मला खड्काले संयुक्त रुपमा सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत कोषाध्यक्ष रेणुका खवासले गर्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो ।







प्रतिक्रिया