मुख्य समाचार

फाइनल राउण्ड पुगेका स्मयनलाई भोट गर्न अपिल

फाइनल राउण्ड पुगेका स्मयनलाई भोट गर्न अपिल


बिर्तामोड । हिमालय टेलिभिजनमा प्रशारित कार्यक्रम ‘द भ्वाईस किड्स सिजन–४’ को फाइनल राउण्डमा प्रवेश गरेका स्मयन बजगाँईलाई विजयी गराउन अपिल गरिएको छ ।

गायन रियालिटी सो को अन्तिम राण्डमा रहेका उनलाई खल्ती एपमार्फत भोट गर्दै ‘द भ्वाईस किड्स सिजन–४’ को विजेता बनाउन बजगाई परिवारले अपिल गरेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्मयनका हजुर बुवा कृष्णप्रसाद बजगाँईले आगामी शुक्रवार र शनिवार हुने फाइनल प्रतियोगिता हुने र गायनसंगै भोटकै आधारमा विजेता घोषणा गरिने भएकाले उनलाई भोट गर्न आग्रह गरेका हुन् ।


स्मयनलाई विजय गराउन भोटको आवश्यक पर्ने भएकाले उनलाई भोट गर्न सप्तक संगीतालय बिर्तामोडकी सञ्चालक आकृति खतिवडाले आग्रह गरेकी छिन् । स्मयन गायकीमा अब्बल रहेको बताउँदै खतिवडाले स्मयनलाई कार्यक्रमको नियम अनुसार भोट दिएर जिताइदिन आग्रह गरिन् ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले स्मयन बिर्तामोडकै उज्ज्वल नक्षत्र भएकाले बढीभन्दा बढी भोट गरिदिन आग्रह गरे । उनले बिर्तामोडका व्यवसायी मनोज बजगाईका छोरा समेत भएकाले उनलाई जिताउन सबै व्यवसायी भोट गर्न आग्रह गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य तथा काका वीपिन बजगाँईले स्मयनले सानै उमेरमा गायन क्षेत्रमा राम्रो गरेको भन्दै उनलाई थप सफलताका लागि भोट गर्दै बिजेता बनाउन आग्रह गरेका छन् । बिर्तामोड स्थित न्यूटन्स एजुकेशन एकाडेमीका बिद्यार्थी रहेकाले बिद्यार्थी तथा न्यूटन्स परिवारलाई स्मयनलाई भोट गर्न आग्रह गरेका छन् ।

शेयर गर्नुहोस :

162
Shares