दमक

दमकमा मनाइयो गाईजात्रा

दमकमा मनाइयो गाईजात्रा


मनकुमार गदाल

दमक । झापाको दमकमा मृतकको आत्माको शान्तिको कामना गर्दै यस वर्षको गाईजात्रा पर्व मनाइएको छ ।
नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत आफन्तको तस्वीर सहितका प्रतिमाका साथ गाईजात्रा पर्व मनाइएको हो । नेवा देय् दबू दमक नगर समितिले आयोजना गरेको गाईजाधा पर्व ११ सय ४५ हो ।

नेवा देय् दबूले आयोजना गरेको गाईजात्रा पर्वमा नेवा खल लगायतका नेवार समुदाय र उनीहरुका संघ संस्थाहरुको सहभागीता रहेको थियो । दमक नगरभित्र दिवङगत १८ जना आफन्तका घर–घरमा पुगेर पुजा आजा गरी लाखे नाच नाचेर दमक– ५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरमा पुगेपछि गाइजात्रा पर्व शुरु भएको नेवा देयु दबु दमकका सचिव लक्ष्मी श्रेष्ठले बताउनु भयो ।

गोरखा डिपाटमेन्टबाट शुरु भएको गाईजात्रा दमक नगरका विभिन्न भागको परिक्रममा गरी दमक चोकको आकाशे पुल अगाडी विर्सजन गरिएको थियो । दिवङ्गत आफन्तको नाममा गाईलाई पुजा गरेर गाईको प्रतिमामा पहेलो वस्त्र लगाई मृतकहरुको सामुहिक तस्वीर, लाखे नाचसगै विभिन्न झाँकी र नेवार समुदायका युवा युवती, महिला, पुरुषहरु आफ्नो जातीय पोशाकमा सजिएर गाईजात्रा पर्वमा सहभागी रहेको नेवा देय् दबूका कार्य वाहक अध्यक्ष राम प्रधानले जानकारी दिनुभयो । नेवारी भाषामा यो पर्वलाई सापारु भनिन्छ । साको अर्थ गाई र पारुको अर्थ प्रतिपदा तिथि हो । जुन दिन यो चाड पर्व मनाइन्छ ।

शेयर गर्नुहोस :

81
Shares