कचनकवल

सरकारी बाइक लिएर भारत जाने वडा सचिवलाई ५ सय जरिवाना

सरकारी बाइक लिएर भारत जाने वडा सचिवलाई ५ सय जरिवाना


कचनकवल। कचनकवल गाउँपालिका–५ का वडा सचिव दिनेशकुमार गणेशलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। बिदाको दिन सरकारी नम्बर प्लेट भएको मोटरसाइकलको दुरुपयोग गरी भारतीय भूमिमा प्रवेश गर्नुका साथै ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा उनलाई कारबाही गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार, गत साउन १७ गते (शनिवार) सचिव गणेश परिवारका सदस्यसहित मोटरसाइकलमा भारतको बिहार राज्य, किशनगन्ज जिल्लास्थित सीमावर्ती बजार कादोगाउँ पुगेका थिए। यस क्रममा उनलाई रु ५०० जरिवाना तिराउँदै एक पटकका लागि सचेत गराइएको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस :

243
Shares