धनकुटा हिले । केपी ओलीको विकल्प खोज्ने बेला अहिले नभएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनु भएको छ । अहिले पार्टीलाई बनाउने बेला भएको बताउनुहुँदै जतिवेला जे कुरा गरेर पार्टीलाई बनाउन सकिन्छ हामीले त्यही कुरा गर्ने हो । म राम्रोसंग पार्टी चलाउन सक्छु भन्नेहरुको आधार विना नेतृत्वको विकल्प खोज्न नसकिने बताउनुभयो ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्नुहुँदै संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा केपी ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको वहाँले बताउनु भयो ।

नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फि प्रहार भएको बताउँनुहुँदै नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले खासगरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्विकृत दलहरु ओलीका विरुद्ध लागेको वहाँको भनाइ थियो ।
पूर्व राष्ट्रपति विद्या भण्डारीले म राजनीमा आँए भन्नु भएको छ पार्टीले मिल्दैन भनिसकेको छं । यस्ता बहसको विषयले पूर्व राष्टपतिको गरिमा र मर्यादामा असर गर्छ यो विषय वहाँका लागि होइन भन्ने बुझ्नु पर्दछ पोखरेलले भन्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरेलले भन्नुभयो वहाँ (विद्या) भूपू भएपनि अहिलेसम्म नेपाली सेनाले सुरक्षा दिइरहेको छ । हाम्रो अभ्यासले के बताउछ हाम्रो संविधानले के भन्छ भन्ने कुरा वहाँ जतिको व्यक्तित्वले बुझ्नुपर्छ ।
वहाँको पार्टी सदस्यता नविकरणको विषय बाहिर ल्याउने विषय थिएन । असार १४ गते वहाँ आफैले बाहिर ल्याउनुभयो । विधान महाधिवेशनलाई विवादित बनाउन खोजियो । तर विधान महाधिवेशनलाई नीति निर्माण, विधि निर्माणमा केन्द्रीत गर्न चाहान्छौं नेतृत्व निर्माण गर्ने विषय त राष्ट्रिय महाधिवेशनको विषय थियो ।
विधान, उमेर हद र कार्यकालको विषयलाई अन्यथा लाग्ने गरी चर्चा गरिएपछि पार्टी नेतृत्वले स्पष्ट पार्नु नै पथ्र्यो र पार्टीको सचिवालय, पदाधिकारी र केन्द्रीय कमिटीले निर्णय गरिसकेको छ जुन बाह्रौँ अन्तरपार्टी निर्देशनमा आइसकको छ । यो फैसला आग्रहपूर्वाग्रह होइन । यो लोकतन्त्रको पद्धती स्थापित गर्ने विषय रहेको वहाँले बताउनुभयो ।
हाम्रो पार्टीमा नीतिका प्रश्नमा विधानको प्रश्नमा कुनै बहसको विषय छैन अन्य विषयहरुमा बहस हुनसक्छ । वहाँले भन्नु भयो जनताको बहुदलिय जनवादको मर्म भनेको पहलकदमी, प्रतिष्पर्धा, श्रेष्ठता र नेतृत्व हो त्यसका लागि योग्यता क्षमता देखाएर मैदानमा आउने हो उमेर र कार्यकाल वा अवधि देखाएर होइन वहाँले बताउनुभयो ।
पार्टीको दशौँ महाधिवेशन अघिको विधान महाधिवेशनमा उमेर र कार्यकारलका विषय समावेश गरेका थियौं । तर विधान महाधिवेशनले केन्द्रीय कमिटी २ सय २५ जनाको भनेपनि महाधिवेशनले ३ सय १ बनायौं । पदाधिकारी संख्या १५ हुने भन्ने थियो तर हामीले १९ जनाको बनायौं । केन्द्रीय निकाय १५ जना भनेका थियौँ अहिले २५ जनाको बनायौ, सल्लाहकार परिषदमा एक तिहाइ भनिएकामा केन्द्रीय कमिटी बराबर बनायौं वहाँले भन्नुभयो ।
त्यस्तै वहाँका अनुसार महाधिवेशनमा पनि विधान संशोधनको प्रस्ताव पहिलो थियो । महाधिवेशनमा अध्यक्ष ओलीलाई अध्यक्ष बनाउछौं भन्ने मानसिकता बोकेर गएका थियौं र त्यसले कानुनी जटिलता ल्याउँनसक्छ भनेर हामीले संशोधन गरेका हौं । अहिले उठेका विषयहरु महाधिवेशनबाट हटाएको विषय भएकाले यसलाई उछाल्नु राम्रो होइन ।
७० वर्ष उमेरको हदको विषय अध्यक्ष ओली जोडेर प्रचार गर्नु गलत भएको वहाँले बताउनुभयो । यस विषयमा एकिकृत समाजवादीबाट मुकुन्द न्यौपानेलाई पार्टीमा प्रवेश गराइसकेपछि विषय टुंगिएको हो । न्यौपाने ७२ वर्ष कटिसक्नु भएको थियो । त्यस अर्थमा विधानको बाधा अड्काउ फुकाउ धारालाई उपयोग गरि केन्द्रीय सदस्य र स्थायी कमिटीमा लगिएको हो । अब कसरी ७० वर्ष उमेर हदको विषय रहन सक्छ ।
कार्यकर्ताहरुमा जानकारी नहुनु र कुरा उठ्नु ठिकै हो तर, पार्टीका पदाधिकारीहरु आफैले गरेका निर्णय विरुद्ध कुरा उठाउनु ठिक होइन । उचित हुदैन थियो ।
वहाँले विद्या भण्डारी तर्फ लक्षित गर्दै प्रश्न गर्नुभयो अहिले हाम्रो पार्टीको विरुद्धमा चौतर्फि आक्रमण गर्ने र घेराबन्दी गर्नेहरु को हो ? पहिलो पार्टी नेतृत्वको एउटा हिस्साका नेतृत्वको हमलाका कारण पार्टी फुटको अवस्थामा पुगेको थियो । नेकपा कालमा पार्टी भित्रैबाट पार्टी विरुद्ध हमला थियो । यो हमला स्वार्थमा आधारित थियो । अहिले त्यस्तै अवस्था सृजना गर्न खोजिदैछ ।
राष्टपतिमा नियुक्त हुनु पहिले कुनै प्रकारका राजनीतिक गतिविधिमा सामेल हुनुहुँदै भन्ने संवैधानिक व्यवस्था हो । सभामुख पार्टी गतिविधिमा आउन अवरोध गर्दैन । सभामुख सांसद रहन्छ । तर, राष्टपतिमा निर्वाचित भएको व्यक्ति सांसद पदबाट पनि मुक्त हुन्छ । सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्छ भन्ने व्यवस्थाले नै पनि सबै कुराको छिनोफानो गरेको छ । बहस कानुनसम्मत, विधि सम्मत हुनसपर्छ नेता कार्यकर्ताहरुले रुमलिनु जरुरी छैन महासचिव पोखरेलले बताउनु भयो ।
बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम प्रदेशभरीबाट केन्द्रीय सदस्यहरु, जिल्ला इन्चार्जहरु, जिल्लाका अध्यक्षहरु सहभागी रहनुभएको छ । बैठक बुधबारसम्म चल्ने एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले बताउनुभयो । बैठकले आगामी विधान महाधिवेशनमा प्रस्तुत गरिने सुझावहरु संकलन गर्ने छ । एमालेभीत्र उत्पन्न बहसका सन्दर्भमा समेत सबैलाई आफ्ना धारणा राख्नदिने गरी बैठक दुईदिन गरिएको एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताउनुभयो ।







प्रतिक्रिया