गौरीगञ्ज

१६ वर्षीया बालिकालाई गर्भवती बनाई फरार झमकचोकका डिगबहादुर राई पक्राउ

१६ वर्षीया बालिकालाई गर्भवती बनाई फरार झमकचोकका डिगबहादुर राई पक्राउ


बिर्तामोड । झापाको गौरादह – ९ झमकचोककी १६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले आज शिवगञ्जबाट पक्राउ गरेको छ ।

प्रहरीले गौरादह ९ झमकचोकका ५० वर्षीय डिक बहादुर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जवरजस्ती करणीबाट बालिकाको पेटमा ७ महिनाको गर्भ रहेको जनाइएको छ ।

०८१ माघ महिनाको पहिलो हप्तातिर नाबालिगलाई डर त्रास देखाई राईले करणी गरी गर्भवती बनाएर फरार भएको प्रहरीको भनाई छ । जवरजस्ती करणीपछि पीडित परिवारले गत जेठ २८ गते ईलाका प्रहरी कार्यालय झिलझिलेमा जबरजस्ती करणी कसूरमा जाहेरी दर्ता गरेका थिए ।

दुई महिनादेखि फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले गोप्य सुराक लगाई खोजतलास गर्ने क्रममा आज विहान १०ः५० बजे शिवसताक्षी ६ शिवगंजमा पक्राउ गरिएको थियो ।
अभियुक्त राईलाई मुलुकी अपराध संहिता– २०७४ अन्तर्गत जबरजस्ती करणी कसूरमा जिल्ला अदालत झापामा उपस्थित गराई दिन ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

शेयर गर्नुहोस :

297
Shares