बिर्तामोड । कक्षा १२ मा ए र ए प्लस ल्याएका विद्यार्थीहरुलाई अनेरास्ववियुले सम्मान गरेको छ । सम्मान गर्दै अनेरास्ववियुले झापा जिल्लाभरका विद्यार्थीहरुलाई करियर काउन्सिलिङ गरेको हो । विद्यार्थीहरुलाई इन्जिनियरिङ र लोकसेवा सम्बन्धी काउन्सिलिङ प्रदान गरिएको छ ।
अनेरास्वियु झापाले मदन भण्डारी स्मृति प्रतिष्ठानका प्राध्यापक इन्जिनियर परिवेश तिम्सिनालाई सहजकर्ताको रुपमा उपस्थित गराएको थियो भने लोक सेवाका निम्ति नेपाल सरकारका उपसचिव खगेन्द्र बर्देवालाई उपस्थित गराएको थियो । तिम्सिनाले विद्यार्थीहरुलाई इन्जिनियरिङ क्षेत्रका बारेमा सहजीकरण गरेका थिए भने सरकारी सेवाका कसरी प्रवेश गर्ने भन्ने बारे उपसचिव बर्देवाले सहजीकरण गरेका थिए ।
अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा कोशी प्रदेशका इन्चार्ज प्रविण कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख रोशन लामा, केन्द्रिय सदस्य तथा झापा इन्चार्ज सन्तोष धमला, केन्द्रीय अनुशासन आयोगका सदस्य सदेश पौडेल, कोशी प्रदेशका संयोजक नारायण पोखरेल तथा अनेरास्ववियुका नेताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी नेकपा एमालेका झापा अध्यक्ष प्रेम गिरी, उपाध्यक्ष शिव ढुङ्गेल, सचिव तुलसी कार्की, जिल्ला सचिवालय सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज समपर्ण खतिवडा, जिल्ला सचिवालय सदस्य तथा युवा खेलकुद विभाग प्रमुख मनोज ताम्ली, जिल्ला सदस्य दुर्गा धमला लगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

विद्यार्थी सम्मान तथा करियर काउन्सिल कार्यक्रममा विद्यार्थीहरुलाई अनेरास्ववियुका जिल्ला सदस्य सन्तोष तिम्सिना र झापाका इन्चार्ज सन्तोष धमलाले स्वागत गरेका थिए भने कार्यक्रममा एमालेका जिल्ला उपाध्यक्ष शिव ढुङ्गेल र कार्यक्रमका प्रमुख अतिथिले मन्तव्य राखेका थिए ।
अनेरास्ववियु झापाका संयोजक मदन ओलीले अध्यक्षता गरेको उक्त कार्यक्रम अनेरास्ववियुका जिल्ला सदस्य चेतन आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।







प्रतिक्रिया