दमक

दमक ज्येष्ठ अभिभावक सेवा समाजद्वारा सम्मान

दमक ज्येष्ठ अभिभावक सेवा समाजद्वारा सम्मान


दमक । दमक ज्येष्ठ अभिभावक सेवा समाज दमक – २ ले दोस्रो साधारणसभा सम्पन्न गरेको छ । दमक २ कै त्रिपुरेश्वर शिवालय मन्दिरमा आयोजित समाजको दोस्रा साधारणसभा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष निर्मला शाहीको अध्यक्षतामा भएको साधारण सभामा वडा नं. २ कै ज्येष्ठ बुवाहरु ५ जनालाई दोसल्ला ओढाएर सम्मान गरेको छ । सम्मानित हुने ज्येष्ठहरुमा दल बहादुर कार्की, कुशल पौडेल, हेम बहादुर राई, देवी प्रसाद चापागाई र सोमनाथ लुइटेललाई साधारणसभाका प्रमुख अतिथि दमक वडा नं. २ का वडाअध्यक्ष प्रजापती सापकोटाले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । वडा अध्यक्ष सापकोटाले वडाको बजेटले भ्याएसम्म सबैलाई सहयोग गर्ने बताउनुभयो ।

संस्थाका नगर सचिव कृष्ण भटराई, संस्थाकै लेखा समिति संयोजक पदम केशर लिम्वू र नगर सल्लाहकार संयोजक देउकुमार नेम्वाङ, भुपेन्द न्यौपाने लगायतले अहिलेका युवाहरु भविष्यका ज्येष्ठ नागरिक भएको हुँदा ज्येष्ठ नागरिकको सेवा सबैले गर्नुपर्ने कुरामा जोड्दिनु भएको थियो ।

साधारणसभाको बन्द सत्रमा अध्यक्ष शाहीद्धारा प्रस्तुत अध्यक्षको प्रतिवेदन र संस्थाको आर्थिक प्रतिवेदन कोषध्यक्ष गोमा घिमिरेले प्रस्तुत प्रतिवेदन छलफलपछि पारित गरेको उपाध्यक्ष अशोक बर्देवाले जानकारी दिनुभयो । यसैगरी ज्येष्ठ अभिभावक सेवा समाजको बन्द सत्रले समाजको वडा समितिमा केही रिक्त रहेको पदमा पदपुर्ति गरेको छ । सचिवमा प्रमिला ढुङगाना र सदस्यहरुमा सरस्वती थापा, सविना कोइराला र मेनुका रिजाललाई चयन गरेको उपाध्यक्ष बर्देवाले बताउनुभयो ।

शेयर गर्नुहोस :

378
Shares