मुख्य समाचार

प्रविन सादेम्बाको नेतृत्वमा बन्यो बिर्तामोडमा युवा संघ (नामावलीसहित)

प्रविन सादेम्बाको नेतृत्वमा बन्यो बिर्तामोडमा युवा संघ (नामावलीसहित)


बिर्तामोड । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीमा नवनिर्वाचितहरुलाई सपथग्रहण गराइएको छ । नवनिर्वाचित अध्यक्ष प्रविन सादेम्बा नेतृत्वको कमिटीलाई आज जिल्ला पार्टी कार्यालय बिर्तामोडमा सपथग्रहण गराइएको हो ।

बिर्तामोडको दोश्रो नगर अधिवेशनबाट उपाध्यक्षमा नुनम कन्दङ्वा , सचिव यादव मैनाली , सहसचिव रोशन भण्डारी , आशा गुरुङ र कोषाध्यक्षमा आशिष खतिवडा सर्वसम्मत भएका छन् । यसअघि नै नेतृत्व सर्वसम्मत भए पनि आजै मात्र नाम सार्वजनिक गरिएको हो । उनीहरुलाई झापा जिल्ला अध्यक्ष फूर्वा लामाले सपथ ग्रहण गराएका छन् ।

यसैगरी कमिटीको सदस्यहरुमा अञ्जना राई, सुसन लिम्बु, राम सोरेन, अर्जुन संग्रौला, कुशङ तामाङ, प्रनिश पोखरेल, श्याम मुर्मु, अविरल आचार्य, तुलसी पाठक, दिपक दाहाल, अनिश लिङदेन, देवराज मुर्मु, स्नेहा राजवंशी, हितेश अग्रवाल, इसाक आलम, करुणा दर्नाल, अनिश खरेल, कृष्ण बाह्रकोटी, दिवस बस्नेत, राजन खरेल, सलिशा बजगाई, पूर्णिमा गुरुङ, सावित्रा कार्की, सृष्टिका राई, मिना ओली र हेमा खड्का रहेका छन् ।

सपथ ग्रहण कार्यक्रम अध्यक्ष मण्डलको अध्यक्ष खगेन्द्र राज आङ्दम्बेको अध्यक्षता र एमाले नेता हरिचरण सिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कोशी प्रदेश उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एकराज कार्की, बिर्तामोड नगर प्रमुख पबित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, पार्टीका बिर्तामोड इञ्चार्ज अम्बिर लिङ्देन, नेताहरु बद्री भट्टराई, देबराज कार्की, पार्टीका नगर अध्यक्ष सुवास भट्टराई, उपाध्यक्ष मदन बुधाथोकी, सचिव अम्बिका लिङ्देनसहित युवा संघका नेताहरुको आतिथ्यता रहेको थियो ।

शेयर गर्नुहोस :

351
Shares