मुख्य समाचार

शिवसताक्षीमा म्याद गुज्रिएको खाद्यवस्तु फेला

शिवसताक्षीमा म्याद गुज्रिएको खाद्यवस्तु फेला


शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले मावन स्वास्थ्यको ख्याल गर्दै बजार अनुगमन गर्दै आएको छ । नगरपालिकाले सोमवार शिवसताक्षीको दूधेमा नगरपालिकाले छड्के अनुगमन गरेको हो ।

चाड पर्वको नजिक मात्र बजार अनुगमन गर्ने प्रचलनलाई तोड्दै नगरपालिकाले समय समयमा छड्के बजार अनुगमन गर्ने गरेको अनुगमन समितिकी संयोजक उपप्रमुख नरमाया कार्कीले जानकारी दिइन् ।

दूधे बजार अनुगमनका क्रममा केही खाद्य वस्तुहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । जसमा सूर्य पान तथा किराना पसलबाट जङ फुड्स, चियारङ्ग, कपालमा लगाउने तेल, आँपको अचार, मञ्जन लगायतका सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

त्यस्तै पानस किराना पसलमा प्याकेट खेलिएको खोर्सनीको धुलो, खैनी, साबुन लगायतका समाग्री म्याद गुज्ज्रिएको अवस्थामा फेला परेको थियो । म्याद गुज्रिएको पेय पदार्थ र खाद्य सामाग्री नगरपालिकाले डिस्पोज गरेको छ । नगर उपप्रमुख कार्कीले बजार अनुगमन जतिबेला पनि हुने बताइन् ।

नियमित अनुगमन गर्दा व्यापारीहरुले गुणस्तरीय र म्याद भित्रका वस्तु मात्र विक्री गर्ने संस्कार बस्छ । यसले कालो बजारी, मिलावट, नक्कली र म्याद गुज्रिएका समानको कारोबारमा नियन्त्रण हुने ।

उपभोक्ताहरुमा पनि सचेतना बढ्छ । जसले गर्दा उनीहरुले वस्तु खरिद गर्दा म्याद, लेवल र गुणस्तरमाा चनाखो हुने उप्रमुख कार्कीको भनाई छ । विद्यालयको आसपासमा खैनी, गुड्का जस्ता पदार्थहरु बेच विखन गर्न नपाइने समेत शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले विशेष खाद्य सामाग्री विक्री गर्ने, किराना पसल, मासु पसलहरुमा अनुगमन गरेको थियो ।
अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, दुधे बजार व्यवस्थापन समितिका अध्यक्ष सन्तोष थोप्रा, नेपाल प्रहरी, नगर प्रहरी, नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस :

54
Shares