काठमाडौं, ३ भदौ । उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने प्रयास स्वरूप नेकपा (एमाले) का सांसदहरूले धमाधम हस्ताक्षर गरिरहेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आकस्मिक रूपमा सांसदहरूलाई डाकेर हस्ताक्षर लिने काम भइरहेको हो । कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ ।
उपसभामुख इन्दिरा रानाले आफूसहित पाँच जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।







प्रतिक्रिया