मुख्य समाचार

हिरासत मर्मतका लागि काठ सहयोग

हिरासत मर्मतका लागि काठ सहयोग


बिर्तामोड । हिरासत मर्मतका लागि सामुदायिक वनले काठ सहयोग गरेको छ । जिल्ला प्रहरी कार्यालय झापालाई हिरासत मर्मतका लागि पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समिति हल्दिवारीले काठ सहयोग गरेको हो ।


जिल्ला प्रहरी कार्यालय झापाले वन समितिसँग काठ सहयोगका लागि माग गरेको थियो । पुरुष तथा महिला हिरासत मर्मत सुधारका लागि माग भए बमोजिम ४५ क्यूफिट गोलिया काठ सहयोग गरेको पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सागर पोर्तेलले जानकारी दिए । उनका अनुसार ५० हजार मुल्य बराबरको काठ सहयोग गरिएको छ ।

शेयर गर्नुहोस :

1.2k
Shares