मुख्य समाचार

सुन चाँदीको मुल्यमा सामान्य वृद्धि

सुन चाँदीको मुल्यमा सामान्य वृद्धि


काठमाडौ, ६ साउन । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो । बिहीबार भने सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस :

0
Shares