बिर्तामोड । झापाको कुञ्जिबारीबाट काँकरभिट्टा तर्फ जाँदै गरेको बस आज शिवसताक्षी १० किराँत चौकमा अनियन्त्रित भई दुर्घटना भएको छ । दिउँसो २ः५५ बजे भएको दुर्घटनामा ११ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
किराँत चौक स्थित पूर्व–पश्चिम सडक खण्डमा काँकरभिट्टा तर्फ जादैं गरेको मे १ ख २७७३ नं. को यात्रु बाहक बस अनियन्त्रित भई दुर्घटना हुदाँ ११ जना घाइते भएका हुन् ।
घाईतेको उपचारको लागि बिर्तासिटी अस्पताल पठाईएको छ । बस र बस चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ बस्ने बर्ष– ५६ को मोहनलाल राईलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा राखी अनुसन्धान थालिएको छ ।
झापा प्रहरीका अनुसार बिर्तामोड नगरपालिका वडा नं. ३ बस्ने बर्ष– ५३ की सुमित्रा कडरिया, सोही ठाउँको बर्ष ७० की डिक माया खतिवडा, बर्ष ५० की रुपादेवी उप्रेती, बाह्रदशी गाउँपालिका वडा नं. – ४ बस्ने बर्ष–४० की अस्मिमा खातुन, छोरी बर्ष– १३ की सावरी खातुन, छोरी बर्ष– ३५ की सफिना खातुन, सफिना खातुनको छोरा बर्ष– ७ को ईसाफ आलम, निजकै छोरा बर्ष– ३ को फरियाफ आलम, शिवसताक्षी नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३६ को निर्मला काफ्ले, सोही ठाउँ बस्ने वर्ष ३४ को तुलसा गौतम र उनको छोरा बर्ष ११ को नितेश गौतम घाइते भएका छन् ।
उनीहरुको शरीरको विभिन्न भागमा चोट लागेको छ ।







प्रतिक्रिया