मुख्य समाचार

शिवसताक्षीमा बुबालाई सम्मान, आमालाई दर खुवाउदैं मनाइयो तीज

शिवसताक्षीमा बुबालाई सम्मान, आमालाई दर खुवाउदैं मनाइयो तीज


शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले बृहत तीज विशेष कार्यक्रम गरेको छ । शिवसताक्षी ६ को वडा कार्यालयले वडाका ज्येष्ठ बुबाहरुलाई सम्मान गर्दै आमाहरुलाई दर खुवाएर तीज पर्व मनाएको हो ।

वडाले तीज वर्ष सँगै कुशैं औशीको अवसर पारेर वडाका २५० बढी ज्येष्ठ बुबाहरुलाई ढाका टोपी लगाइदिएर सम्मान गरेको हो । उनीहरुहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष मनोज खुलाल कार्की, कार्यापालिका सदस्य गोमा रिजाल लगायतले ढाका टोपी लगाइदिएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख मेघाहाङ थोप्राले सम्पूर्ण महिलाहरूप्रति शुभकामना व्यक्त गर्दै तीज पछिल्ला वर्षहरूमा सामूहिक रूपमा मनाउन थालिएकोमा खुशी व्यक्त गर्नुभयो । हिन्दुधर्मालम्बीहरुले मात्र मनाइदै आएको चार्ड अहिले आएर सबै भाषा, धर्म र संस्कृति मान्ने नागरिकहरुले साझा पर्वको रुपमा मनाउन थालिएको छ । उहाँले भन्नु भयो, यसरी सामूहिक रुपमा मनाइने तीजले एक–अर्काको दुःख–सुख साट्ने अवसर दिने, आत्मीयता र सहिष्णुता अझै प्रगाढ हुने गर्दछ ।

त्यस्तै, वडाध्यक्ष मनोज खुलाल कार्कीले तिजको अवसरमा शुभकामना दिनु हुँदै वडा कार्यालय निर्माणका लागि जग्गा दान गर्ने दाताहरुलाई स्मरण गर्नु भएको थियो । समाजका ज्येष्ठ नागरिक यहाँका संंस्कृति र धरोहर भएकाले उहाँहरुलाई सम्मान गर्नु वडाका कतव्य हो । उहाँले भन्नु भयो, उहाँहरुले यस समाजमा योगदान नदिएको भए आज यो समाज बदलिने थिएन र हामी यहाँ बसेर यसरी काम गर्न सक्ने थिएनौ । उहाँले यस समाजमा योगदान दिने दिवंगत बुबाहरुहरुप्रति हामी सँधै ऋणी रहेको बताउनु भयो ।

वडाध्यक्ष कार्कीले गएको वर्ष ज्येष्ठ आमाहरुलाई झुल प्रदान गरिएको र चालु वर्षमा ज्येष्ठ बुबाहरुलाई सम्मान गरेको बताउनु भयो ।

कार्यक्रममा वडाभित्रका महिलाहरू छमछमी नाचेका थिए भने विभिन्न खेल, कविता, मुक्तक बाचन गरिएको छ । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश चौधरी, प्रशासन प्रमुख डिल्ली नेपाल, समाजसेवी, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडासदस्य तथा कार्यापालिका सदस्य गोमा रिजालले गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

81
Shares