बिर्तामोड । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं नेकपा एमालेका जिल्ला कमिटी सदस्य टेकेन्द्र सेन्दाङमाथि शनिवार साँझ सांघातिक हमला भएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–४, तोक्मेडाँडामा वडाध्यक्षमाथि ४–५ जनाको समूहमा आएका अज्ञात युवाहरूले आक्रमण गरी कुटपिट गरेका थिए।
कुटपिटबाट वडाध्यक्षको घाँटी लगायत शरीरका विभिन्न भागमा चोट लागेर छ । घाइते वडाध्यक्ष सेन्दाङलाई जिल्ला अस्पताल ताप्लेजुङमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको छ ।
घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ।







प्रतिक्रिया