हेटौँडा । रौतहटको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालवा मोडमा सुटकेशमा महिलाको शव भेटिएको छ ।
शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेशमा शव फेला परेको हो। डोरीले बेरिएको सुटकेश बेवारिस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सुटकेशभित्र शव रहेको थाहा पाएपछि घटनास्थलमा रातभर सुरक्षा दिएका थिए ।

आइतबार बिहान सुटकेश खोल्दा विवाहित महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। गुलाबी रंगको कुर्तासुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ।
टाउकोमा गहिरो चोट देखिएको छ। सुटकेशमा केही कागजात र महिलाको सुरुवालको खल्तीमा केही नगद रुपैयाँ पनि भेटिएको छ । शव पोस्टमार्टम लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ । थप अनुसन्धान भइरहेको नायव प्रहरी उपरीक्षक राजु कार्कीले बताए ।







प्रतिक्रिया