मुख्य समाचार

सुन चाँदी दुबैको बढयो मुल्य

सुन चाँदी दुबैको बढयो मुल्य


काठमाडौं, ८ भदौं । आज पनि सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन अर्थात आइतबार छापावाल सुन तोलाको २३ सयले बढेको छ । जसअनुसार आज एक लाख ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन तोलाको एक लाख ९५ हजार २ सयमा कारोबार भएको थियो । साथै, चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर २ हजार ३५० मा कारोबार भइरहेको छ, जबकी गत शुक्रबार २ हजार ३१० मा कारोबार भएको थियो ।

शेयर गर्नुहोस :

27
Shares