मुख्य समाचार

उपसभामुख रानामाथि प्रहरीले थाल्यो अनुसन्धान

उपसभामुख रानामाथि प्रहरीले थाल्यो अनुसन्धान


काठमाडौं, ८ भदौ । नेपाल प्रहरीले उपसभामुख इन्दिरा राना जोडिएको बालबालिकाको अवैध ओसारपसार प्रकरणमा औपचारिक अनुसन्धान सुरू गरेको छ।

राना कार्यकारी प्रमुख रहेको बेला प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्था अवैधरूपमा बालबालिका ओसारपसारमा संलग्न भएको सरकारी प्रतिवेदन सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

२०७२ साल कात्तिकमा काठमाडौँको सिफलस्थित बालगृहबाट पाँच बालबालिका हराएको घटनापछि बनेको जाँचबुझ आयोगले पीए नेपाल र त्यसकी कार्यकारी निर्देशक रानाको संलग्नता रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो ।

स्रोतका अनुसार, यस मुद्दा मानव बेचबिखन तथा संगठित अपराध सम्बन्धी दायरामा अघि बढ्नेछ।

शेयर गर्नुहोस :

216
Shares