भद्रपुर

भद्रपुरमा हतियारसहित ६ जना लागुऔषध कारोवारी पक्राउ

भद्रपुरमा हतियारसहित ६ जना लागुऔषध कारोवारी पक्राउ


बिर्तामोड । प्रहरीले लागुऔषध किनबेच भइरहेको सूचनाका आधारमा भद्रपुर ८ बाट ६ जनालाई नियन्त्रणमा लिएको छ । आइतवार साँझ प्रहरीले खुश बाबु श्रेष्ठको छोरा राज श्रेष्ठले आफ्नो घरबाट प्रतिबन्धित लागू औषध (ब्राउन सुगर) बिक्री वितरण गरि रहेको भन्ने सूचना पाएको थियो ।

सो सूचनाका आधारमा पुगेको प्रहरी टोलीले २०.४८ ग्राम लागूऔषधसहित बिभिन्न कम्पनीको ८ थान मोवाइल, नगद १४ हजार १७० रुपैयाँ, १ थान खुकुरी, १ थान पिलास, १ थान स्क्रु डाईभरसहित ६ जनालाई पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले झापा भद्रपुर नगरपालिका वडा नं. १० बस्ने बसिब सेखको छोरा बर्ष २३ को अलताप सेख, वडा नं. ७ बस्ने सन्तोष राजवंशीको छोरा बर्ष १९ को रमित राजवंशी, गणेश पासीको छोरा बर्ष २९ को सुमित पासी, वडा नं ८ बस्ने खुश बाबु श्रेष्ठको छोरा बर्ष २१ को राज श्रेष्ठ, धादिङ्ग रुवीभ्याली गाउँपालिका वडा नं. ५ बस्ने रुप्चा तामाङको छोरा बर्ष २४ को गुम लामा र काठमाण्डौ ताकेश्वर नगरपालिका वडा नं. ६ बस्ने नारायण तामाङ्गको छोरा बर्ष १९ को न्यान्जी तामाङलाई पक्राउ गरेको हो ।

शेयर गर्नुहोस :

270
Shares