मुख्य समाचार

नावालिगलाई जक गर्नेमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

नावालिगलाई जक गर्नेमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप


बिर्तामोड । नाबालिगलाई जवरजस्ती करणी गर्ने झापा कचनकवलका दुई जनामाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको छ । झापा जिल्ला अदालतले आज कचनकवल ७ का पहलमान पौडेल र ५५ वर्षीय रत्न बहादुर तामाङमाथि अनुसन्धानका लागि म्याद थप गरेको हो ।

गत बिहीवार बेलुका दुई जनाले सोही ठाउँमा रहेको पाथीभरा सामुदायिक वनमा ललाई फकाई तथा डर त्रास देखाइ जवरजस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा कारबाही अघि बढाइएको छ । प्रहरीमा उजुरी परेपछि सोही दिन दुवै जनालाई पक्राउ गरि थप अनुसन्धानका लागि आज जिल्ला अदालतमा पेश गरिएको थियो । प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

शेयर गर्नुहोस :

405
Shares