बिर्तामोड । झापा बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको पुस्तकालय ब्यवस्थापन समितिको आयोजनामा ‘पुस्तक दान’ कार्यक्रम सम्पन्न भएको छ ।
१८ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा काय्र्रकमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रकाश दाहालले पुस्तकालयलाई पुस्तक हस्तानतरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो । साथै उहाँले यो विशेष दिनमा पुस्तक दान गर्ने सम्पूर्ण प्राध्यापक,कर्मचारी र विधार्थीहरुलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्राध्यापक , कर्मचारी तथा विद्यार्थीहरुबाट कोर्ष तथा कोर्ष बाहिरका गरी ५० थान पुस्तक संकलन भएको पुस्तकालय प्रमुख पवित्रा सञ्जेलले जानकारी दिनुभयो ।
विद्यार्थीहरूलाई पठनसंस्कृतिको विकास गर्न, पुस्तकालय दिवसको अवसरमा पुस्तक दान कार्यक्रम सुरु गरिएको र यो अभियान वर्षभरि नै चल्ने पुस्तकालय ब्यवस्थापन समिति संयोजक स्वस्तिका आचार्यले जानकारी गराउनु भयो ।
संयोजक आचार्यको अध्यक्षतामा सम्पन्न कार्यकममा सहायक क्याम्पस प्रमुख बालकृष्ण चेम्जोङ, एम बि एस संयोजक कैलाश पोखरेल, क्युएए संयोजक उद्धव बाँस्कोटा, प्रमुख प्रशासकीय अधिकृत बद्री भट्टराई, स्ववियु सभापति श्रृजित ढुंगाना, नेविसंघ इकाई सभापति टीकाराम दवाडी, विद्यार्थी गुणस्तर वृत संयोजक निलम काफ्ले, रिडर्श क्लब संयोजक सन्देश मिश्र लगायतको आतिथ्य रहेको थियो ।
यसैबीच गत आर्थिक वर्षको पुस्तकालय प्रयोग मूल्यांकनको आधारमा ‘उत्कृष्ट पुस्तकालय प्रयोगकर्ता’ को रूपमा बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी समय बुढाथोकीलाई सम्मान गरिएको थियो । पुस्तकालय ब्यव्स्थापन समिति सदस्य सुनिता दुलालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सदस्य मनिषा भट्टर्राईले गर्नु भएको थियो ।







प्रतिक्रिया