Banner news

प्रहरी कार्यालय पुनःनिर्माणका लागि कङगारुद्वारा १ लाख ५१ हजार सहयोगको घोषणा

प्रहरी कार्यालय पुनःनिर्माणका लागि कङगारुद्वारा १ लाख ५१ हजार सहयोगको घोषणा


बिर्तामोड । कङगारु एजुकेशन फाउण्डेशन पूर्वाञ्चलले प्रहरी कार्यालयको पुनःनिर्माणका लागि सहयोग रकमको घोषणा गरेको छ । आज साँझ बिर्तामोडस्थित कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सहयोग रकम घोषणा गरेको हो ।


कङगारुका एसोशियट डाइरेक्टर रोशन शाहले १ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् । इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको कार्यालय पुननिर्माणका लागि उक्त रकम प्रदान गर्ने शाहले जानकारी दिए । उनका अनुसार केही दिनमै रकम प्रदान गरिने छ ।

जेन जी आन्दोलनका क्रममा घुसपैठ गरेका अराजक समूहले इलाका प्रहरी कार्यालय र ट्राफिक कार्यालय आगजनी गरेका थिए । आगजनीपछि सुरक्षा व्यवस्थापन र प्रहरीलाई कार्यालय पुननिर्माणमा स्थानीयले सहयोग गर्ने क्रम जारी रहेको छ ।

सो पत्रकार भेटघाटमा कङगारुले अध्ययनका लागि विभिन्न राष्ट्र जाने विद्यार्थीहरुलाई परामर्श प्रदान गरिने जानकारी दिइएको थियो ।

शेयर गर्नुहोस :

297
Shares